वीरगन्ज,९माघःवीरगन्ज महानगरपालिकाले साहिब दरबार वीरगन्ज नेपालको समन्वयमा बधुबारपनि वीरगन्जका विभिन्न वडामा गरिब,एकल महिला र ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेको छ । जाडो मौसममा चिसोले प्रभावित भएका विपन्न र बृद्धबृद्धाहरुलाई लक्षित गरेर महानगरपालिकाले यसपालिपनि कम्बल वितरण कार्यलाई निरन्तरता दिएको हो ।
बुधबार साहिब दरबारको समन्यवमा वीरगन्ज महानगरका दुई वटा वडामा गरि ३ सय ७६ जनालाई कम्बल वितरण गरिएको साहिब दरबार वीरगन्जका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए । उनका अनुसार बुधबार वीरगन्ज–१९ बिन्दवासिनी र बरवा गाँउमा गरी १७६ जनालाई र वीरगन्ज–१६ नगवामा २ सय जनालाई कम्बल वितरण गरिएको हो ।
कम्बल वितरण कार्यक्रममा साहिब दरबार वीरगन्जकी अभिभावक अन्नपूर्णा मानन्धर,संगिता दास,सुरज गुप्ता, बरकतुन नेशा,हफिज मियाँ, वीरगन्ज–१९ का वडा सदस्यहरु उपेन्द्र यादव र विनोद चौरसिया ,वीरगन्ज–१६ का वडा सदस्य लवंगी देवी लगायतकाकोपनि सहभागिता थियो।
यसअघि गत सोमबार पनि वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौं र वडा नम्बर २७ दरदरवामा गरिब,एकल महिला र ज्येष्ठ नागरिक गरी २०५ जनालाई कम्बल वितरण गरिएको साहिब दरबार वीरगन्जका अध्यक्ष सहनीले जानकारी दिए।

