Madhes Khabar
स्थानिय हेडलाइन

चिसो मौसम सुरु भएसंगै वीरगन्जमा वायु प्रदुषण बढ्कोले सावधानी अपनाउन महानगरको अनुरोध

वीरगन्ज,१४मंसिरःवीरगन्ज महानगरपालिकाको कार्यालयले चिसो मौसम सुरु भएसँगै वायु प्रदूषण तीव्र रूपमा बढ्न थालेकोले विशेष सावधानी अपनाउन महानगरवासीलाई सार्वजनिक अनुरोध गरेको छ।

आइतबार वीरगन्ज महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखाले सार्वजनिक सूचना जारी गर्दै चिसो मौसम सुरु भएसँगै वायु प्रदूषण तीव्र रूपमा बढ्न थालेकोले विशेष सावधानी अपनाउन महानगरवासीलाई अपिल गरेको हो।

महानगरले खुल्ला स्थानमा फोहोरजन्य वस्तु,कृषि अवशेष तथा प्लास्टिकजन्य वस्तु जलाउने काम नगर्न अनुरोध गरेको छ । पेट्रोलियमजन्य पदार्थ तथा कोइला जस्ता उर्जा स्रोतको अनावश्यक प्रयोग नगर्न, निर्माण कार्यमा अत्यधिक धुलो उड्ने कार्य नगर्न, प्रदूषण बढाउने गतिविधि र अनियन्त्रित उत्सर्जनजस्ता कामहरू तत्काल रोक्नपनि महानगरपालिकाले अनुरोध गरेको छ।

वायु प्रदूषणले विशेषगरी बालबालिका, दीर्घरोगी, दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति र गर्भवती महिलामा गम्भीर असर पार्ने भएकाले प्रत्येक नागरिकले जिम्मेबारीपूर्वक व्यवहार गर्नुपर्ने महानगरले जनाएको छ।

साथै प्रदूषण नियन्त्रणका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै न्यूनिकरणमा सहकार्य गर्न पनि महानगरको अनुरोध छ।

महानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ : जाडो मौसमको सुरुवातसँगै वायु प्रदुषण पनि क्रमिक रुपमा वृद्धि हुने गर्दछ । वायु प्रदुषणबाट मानव स्वास्थ्यमा प्रतिकूल असर पर्दछ । विशेषगरी वृद्धवृद्धा, बालबालिका, श्वासप्रश्वास, मुटु रोगी, दीर्घरोगी साथै गर्भावस्थाका महिला यसबाट बढी प्रभावित हुने भएकोले यस्तो बेला विशेष सावधानी अपनाउनुको साथै खुल्ला आकासमा फोहर नबाल्न, (ताप्ने नगर्न), कृषि अवशेष नजलाउन (नवाल्न ), प्लाष्टिकजन्य फोहर नजलाउन, पेट्रोलियमजन्य पदार्थ, कोइला लगायतका उर्जा श्रोतको मितव्ययी प्रयोग गर्न, निर्माण कार्य गर्दा, गराउँदा धुलो नियन्त्रणका यथासम्भव सबै उपाय अपनाउन, प्रदुषण उत्सर्जनका अन्य स्रोतको विवेकपूर्ण उपयोग गर्न र वायु प्रदुषण रोकथाममा आम समुदाय सचेत भई नियन्त्रणको लागि सरोकारवाला निकायसँग हातेमालो गर्दै न्यूनिकरणमा सहयोग गर्न महानगरपालिका सबैमा हार्दिक अपिल छ ।

 

Related posts

वीरगन्जमा आइपिएलकाे सट्टाबाजी खेलाउने गिराेह पक्राउ

MadhesKhabar

गर्मीले कक्षाकाेठामै विद्यार्थीहरु बेहाेश हुन थालेपछि वीरगन्ज महानगरका विद्यालयहरु दुई दिनका लागि बन्द

MadhesKhabar

६ वटा भ्रष्टाचार मुद्दामा मालपाेत कार्यालय वीरगन्जका नासु मदन गुप्तालाई ५ वर्ष कैद

MadhesKhabar

Leave a Comment