Madhes Khabar
खेलकुद

क्रिकेटर अनिल र अरनिकाे कलैया उपमहानगरद्धारा जनही ५१ हजारसहित सम्मानित

बारा,२९पुस:बाराकाे कलैया उपमहानगरपालिकाले १४औं नगरसभामा क्रिकेट र कराँतेका एनपीएलकाे विजेता टिमका खेलाडी अनिल साह र अरनिकाे यादवलाई सम्मानित गरेको छ ।

साेमबार आयाेजित १४ ओैं नगरसभामा उपमहानगरपालिकाले एनपीएल विजेता जनकपुर बोल्ट्सका अनिलकुमार साह र अरनिको यादवलाई जनही ५१ हजार रुपैयाँसहित सम्मानित गरेको हो ।

यस्तै भारतमा स्वर्ण पदक जितेर आएका कराँतेका १८ जना खेलाडी र प्रशिक्षक अनिलकुमार पाण्डेलाईपनि जनही पाँच हजारसहित सम्मानित गरिएकाे छ ।

नगरसभाकाे उद्घाटन समाराेहमम कलैया उपमहानगरपालिकाका मेयर विनोद साह, उपमेयर रौशन परविन, प्रमुख प्रशासकीय अधिकृत नाथु साहले खेलाडी र प्रशिक्षकलाई सम्मान गरेका थिए ।

Related posts

पाकिस्तानविरूद्ध सनसनीपूर्ण जित निकाल्दै श्रीलंका एसिया कपकाे फाइनलमा

MadhesKhabar

युएईसँगकाे खेलमा देव खनालकाे सानदार शतक

MadhesKhabar

साउथ जाेनलाई हराउँदै साहिब दरबार वीरगन्ज सुपर लिगकाे फाइनलमा

MadhesKhabar

Leave a Comment