वीरगन्ज,१०मंसिरःड्रागन्स अफ साहिब दरबार वीरगन्जमा जारी वीरगन्ज सुपर लिग (बीएसएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।बुधबार भएको खेलमा साउथ जाेन स्टार्सलाई ५ विकेटले पराजित गरेकाे साहिब दरबार लिग चरणका ४ मध्ये ३ खेलमा जित हात पार्दै फाइनलमा प्रवेश गरेको हाे।
नारायणी क्रिकेट मैदानमा बुधबार भएको खेलमा साउथ जाेनले दिएको १०६ रनकाे लक्ष्य साहिब दरबारले ९.३ ओभरमै केवल ५ विकेट गुमाएर पूरा गर्याे।उसका लागि अभय सिंहले सर्वाधिक ४६ रन र इरफान मियाँले २९ रन बनाए।
बलिङतर्फ साउथ जाेनका आदित्य ठाकुरले २ र महमद अफसर हसनले १ विकेट लिए ।
त्यसअघि पहिले व्याटिंग गरेको साउथ जाेनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०५ रनमात्रै बनाएको थियो । उसका लागि अन्जन यादव र अकिब अन्सारीले समान २०/२० रन बनाए।बलिङ्तर्फ साहिब दरबारका कमल गुप्ताले २ तथा भुलावन सहनीले १ विकेट लिएका थिए ।
बिहीबार ११ बजेदेखि हुने फाइनल खेलमा साहिब दरबारले मधेस इलिट्ससंग प्रतिस्पर्धा गर्नेछ।
वीरगन्ज युथ स्पोट्र्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा साउथ जोन स्टार्स, ड्रागन्स अफ साहिब दरबार, मधेस इलिट्स, रोयल वीरगन्ज ११ र अपन कालिकामाई गरी पाँच फ्रेन्चाइजी टिमले भाग लिएको प्रतियोगिताका संयोजक एंव पूर्व राष्ट्रिय खेलाडी हासिम अन्सारीले जानकारी दिए ।

