वीरगन्ज,२८पुसःनेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको वीरगन्ज महानगर कमिटी अध्यक्षमा तारकेश्वर चौबे चयन भएका छन् । वीरगन्जमा सम्पन्न भेलाले चौबेको अध्यक्षतामा ५५ सदस्यीय युवा संघ नेपालको वीरगन्ज महानगर कमिटी गठन गरेको हो ।
नवगठित कमिटीको उपाध्यक्षमा अखलेश गुप्ता, सचिवमा मधु सिह, सहसचिवमा नागेश्वर यादव, कोषाध्यक्षमा जयप्रकाश मण्डल तथा सदस्यहरु पप्पु कुमार महतो, दिपेश सर्राफ, सुनिल पटेल, रोशन साह, मनोहर गिरी, राजेश मण्डल रंजित यादव, कृष्णा पटेल, विकास यादव, विपिन महतो, राजु पटेल, शक्ति कुमार गुप्ता लगायत रहेका छन् ।
नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय सदस्य एवं पर्सा जिल्ला सहईन्चार्ज मनोज चौधरीको अध्यक्षता सम्पन्न भेलाको उद्घाटन नेकपा (एकीकृत समाजवादी) केन्द्रिय सदस्य नगेन्द्र चौधरी चौधरीले गरेका थिए ।
भेलामा नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय सदस्य एवं मधस प्रदेश सहइन्चार्ज रामचन्द्र साह, केन्द्रिय सदस्य एवं पर्सा जिल्ला ईन्चार्ज बालगोपाल थापा, पार्टीका युवा नेता मंंजुर आलम, युवा संघका केन्द्रिय सदस्य सन्जु चौधरी, जयशंकर यादव लगायतकोपनि उपस्थिती रहेको थियो ।

