Madhes Khabar
राजनीति

जेनजी मधेस संयोजक यादव भन्छन् : सिमरा घटना एमालेको सुनियोजित षड्यन्त्र हो

काठमाडौं,३मंसिरः बाराको सिमरामा मंगलबार जेनजीहरुको शान्तिपूर्ण प्रदर्शनमा नेकपा एमाले निकट समूहले आक्रमण गरेर माहोल अशान्त बनाएको जेनजी मधेस प्रदेश संयोजक शिव यादवले आरोप लगाएका छन् ।

एमालेका कार्यकर्ताले जेनजी बारा संयोजक सम्राट उपाध्यायसहितका जेनजी युवाहरुलाई कुटपिट गरेरं घाइते बनाएको यादवले बताएका छन् ।जेनजी मधेस प्रदेश संयोजक यादवले फेसबुकमा लेख्दै यो घटना एमालेको सुनियोजित षड्यन्त्र रहेको बताएका छन् ।

यादवका अनुसार, सिमरा चोकमा जेनजीको पूर्वनिर्धारित कार्यक्रम सञ्चालन हुँदै गर्दा परवानीपुरस्थित एमालेबाट परिचालितहरुले कार्यक्रम भाँडेका हुन् ।जेनजीले एमालेको कार्यक्रममा कुनै अवरोध नगरेको दाबी गर्दै यसलाई आन्दोलनलाई बदनाम गर्ने दुष्प्रयास भनी यादवले बताएका छन् ।

घटनाको मुख्य योजनाकार पूर्वमन्त्री महेश बस्नेत रहेको आरोप लगाउँदै यादवले उनलाई मधेसमा निषेध गर्न र संलग्न गुण्डाहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

‘मधेसमा एमालेले पछिल्लो समय लगातार उक्साहटपूर्ण र तनाव सिर्जना गर्ने गतिविधि गर्दै आएको छ । यसले मधेसको शान्ति सुरक्षामै खलल पु¥याएको छ । यस विषयमा संवेदनशीलता अपनाउँदै कडा कदम चाल्न राज्य र राज्यका संयन्त्रलाई म अनुरोध गर्न चाहन्छु,’ उनले लेखेका छन् ।साभारःअनलाइनखबर

 

Related posts

तरुण दलको केन्द्रिय सदस्यमा पर्साबाट पाँच र बाराबाट आठ जना मनोनित

MadhesKhabar

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियालाई जिताउन नेविसंघ र नेपाल तरुण दलका युवा एकजुट

MadhesKhabar

प्रदेश सरकारलाई क्षेत्रीको प्रश्न : किसानको समस्या बारे सरकारले के सोचिरहेको छ ?

MadhesKhabar

Leave a Comment