वीरगन्ज,२६पुस:प्रेस चौतारी नेपालले संगठनको नीति र निर्णयविपरीत गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै प्रेस चातारी नृपाल पर्साका पूर्व अध्यक्ष अनुप तिवारीसहित ४ जना पत्रकारलाई ५ वर्षका लागि साधरण सदस्य समेत नरहने गरी निस्कासन गरेको छ ।
काठमाडौंमा गत बुधबार बसेकाे प्रेस चाैतारीकाे केन्द्रीय समितिकाे बैठकले पर्साका अनुप तिवारी, बाकेका रूद्र सुबेदी, सिन्धुपालचाेकका दिनेश थापा र एशाेसिएट प्रदेशका मनुका कुँवरलाइ संगठनबाट ५ वर्षका लागि निस्कासन गर्ने निर्णय गरेको हाे।
निर्णयमा भनिएको छ- नेपाल पत्रकार महासंघको निर्वाचनमा विराेधी संगठनकाे याेजना अनुसार उम्मेदवार बन्ने,संगठन काे निर्णयविरुद्ध लाग्ने र नेतृत्वलाई सामाजिक सञ्जालमा आपत्तिजनक आक्षेप लगाउने लगायतका अनुसानहीन र विधानविराेधी काम गरेको अभियाेग प्रमाणीत भएकाेले पर्साका अनुप तिवारी,बाकेका रूद्र सुबेदी, सिन्धुपालचाेकका दिनेश थापा र एशाेसिएट प्रदेशका मनुका कुँवरलाई संगठनकाे साधरण सदस्य समेत नरहने गरि ५ वर्षका लागि निस्कासन गर्ने निर्णय गरियाे ।
प्रेस चाैतारीले कारबाही गरेका भनिएका पर्साका पत्रकार तिवारी पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष हुन्।हालै सम्पन्न पत्रकार महासंघको निर्वाचनमा उनी पर्सा शाखा अध्यक्ष पदका लागि प्रेस चाैतारी र नेपाल प्रेस युनियन गठबन्धनका साझा उम्मेदवारपनि थिए।निर्वाचनमा उनी ओमप्रकाश खनालसंग ९ मतले पराजित भएका थिए।
प्रेस चाैतारीले गरेकाे कारबाहीका सम्बन्धमा मधेसखबरले प्रतिक्रिया लिन फाेन सम्पर्क गर्दा तिवारीले आँफुमाथि गरिएको कारबाहीका बारेमा थाहा नभएको बताए ।उनले भने,`मलाई कारबाही गरिएको बारेमा कुनै ओैपचारिक जानकारी गराइएको छैन।अरु एक जनालेपनि यसबारेमा मलाई फाेन गरेर साेधेका थिए।अहिलेसम्म ओैपचारिक जानकारी मलाई गराईएकाे छैन।´
आँफुमाथि लगाइएका आराेप निराधार र कपाेकल्पित रहेकाे भन्दै उनले केन्द्रीय कमिटीले आँफुसंग कुनै स्पष्टीकरण समेत नसाेधेकाे बताए ।
यता प्रेस चाैतारी पर्साका अध्यक्ष तुलसी भण्डारीले पनि तिवारीलाई केन्द्रीय कमिटीले गरेकाे कारबाही सम्बन्धमा आँफुलाई कुनै जानकारी नभएको बताए।


