Madhes Khabar
समाचार

शंकर आचार्यको अध्यक्षतामा इकोनोमिक रिपोर्टर्स एशोसियसनको तदर्थ समिति गठन

वीरगन्ज,२५पुसःआर्थिक विषयमा कलम चलाउने वीरगन्जका पत्रकारहरुको संगठन इकोनोमिक रिपोर्टर्स एशोसिएसन (इरा) को तदर्थ समिति गठन गरिएको छ ।बिहीबार वीरगन्जस्थित नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा बसेको बैठकले यसअघि ओमप्रकाश खनालको संयोजकत्वमा रहेको इकोनोमिक रिपोर्टर्स एशोसिएसनलाई संस्थागत गर्न आचार्यको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो ।

कान्तिपुर दैनिक पत्रिकाका उपसम्पादक शंकर आचार्यको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।तदर्थ समितिको उपाध्यक्षमा जनकपुर टुडे दैनिकका अनिल तिवारी, नागरिक दैनिककी विमला गुप्ता, सचिवमा कारोबार राष्ट्रिय आर्थिक दैनिकका निरज पिठाकोटे, सहसचिवमा बीबीसी नेपाली सेवाकी माधुरी महतो र कोषाध्यक्षमा मध्य नेपाल सन्देश साप्ताहिककी कविता खड्का रहेका छन् ।

त्यस्तै सदस्यहरुमा अन्नपूर्णपोष्ट दैनिकका क्रान्ति साह, इसनेश अनलाईनका सुरेश विडारी, सीधाकुरा डटकमका जियालाल साह, बिजमाण्डु र प्रतीक दैनिकका राधेश्याम पटेल र भोजपुरी टाईम्स दैनिकका अजय चौरसिया रहेका छन् ।

यसअघिका संयोजक ओमप्रकाश खनालले तदर्थ समितिका अध्यक्ष शंकर आचार्यलाई जिम्मेवारी समेत हस्तान्तरण गरे । तदर्थ समितिले तीन महिना भित्रमा संस्थाको विधान मस्यौदा निर्माण तथा संस्था दर्ताको प्रकृया पनि सम्पन्न गर्ने निर्णय गरेको छ ।

बिहीबारको बैठकले नेपाल पत्रकार महासंघ पर्साको अध्यक्षमा निर्वाचित संस्थाका निवर्तमान संयोजक ओमप्रकाश खनाल लगायत निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको शुभकामना दिने निर्णयपनि गरेको छ । त्यस्तै निवर्तमान संयोजक खनाल र पूर्व संयोजक रितेश त्रिपाठीलाई इराको सल्लाहाकारमा मनोनित गरिएको छ ।

 

Related posts

हत्या गरी फरार अभियुक्त पक्राउ !

MadhesKhabar

तस्करी गरी ल्याइएको १६ लाख बराबरको कपडा वीरगन्जबाट बरामद

MadhesKhabar

सोमबार थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment