पर्सा,२४पुस: पर्साको जिराभवानी गाउँपालिकामम रहेका सम्पूर्ण विद्यालयहरु आज(बुधबार)देखि १० दिनका लागि बन्द गरिएको छ ।जिराभवानी गाँउपालिका अन्तर्गतका सबै विद्यालयमा आजदेखि १० दिनको बिदा दिने निर्णय गरिएको जिराभवानी गाउँपालिकाका शिक्षा शाखा अधिकृत शिवराज फुयाँलले जानकारी दिए ।
बढ्दो चिसो र शितलहरका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या पर्न सक्ने प्रतिकुल प्रभावलाई मध्यनजर गर्दै आज पुस २४ देखि माघ ४ गतेसम्म जाडो बिदा दिने निर्णय गरिएको शिक्षा शाखा प्रमुख फुयाँलले बताए ।
उनका अनुसार,अब जिराभवानी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा माघ ६ गतेबाट पठनपाठन सरु हुनेछ ।
माघ ४ गतेसम्म जाडो बिदा र माघ ५ गते शनिबार परेकाले १० दिनभन्दा लामो बिदापछि माघ ६ गतेबाट विद्यालय सन्चालन हुने जिराभवानी गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
याेसंगै पर्साका १४ वटै पालिकाले विद्यालयहरुमा जाडाे बिदा दिएका छन्।

