Madhes Khabar
शिक्षा

चिसाे बढेपछि पर्साकाे जिराभवानी गाँउपालिकाका विद्यालयहरु १० दिनका लागि बन्द

पर्सा,२४पुस: पर्साको जिराभवानी गाउँपालिकामम रहेका सम्पूर्ण विद्यालयहरु आज(बुधबार)देखि १० दिनका लागि बन्द गरिएको छ ।जिराभवानी गाँउपालिका अन्तर्गतका सबै विद्यालयमा आजदेखि १० दिनको बिदा दिने निर्णय गरिएको जिराभवानी गाउँपालिकाका शिक्षा शाखा अधिकृत शिवराज फुयाँलले जानकारी दिए ।

 

बढ्दो चिसो र शितलहरका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या पर्न सक्ने प्रतिकुल प्रभावलाई मध्यनजर गर्दै आज पुस २४ देखि माघ ४ गतेसम्म जाडो बिदा दिने निर्णय गरिएको शिक्षा शाखा प्रमुख फुयाँलले बताए ।

उनका अनुसार,अब जिराभवानी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा माघ ६ गतेबाट पठनपाठन सरु हुनेछ ।

माघ ४ गतेसम्म जाडो बिदा र माघ ५ गते शनिबार परेकाले १० दिनभन्दा लामो बिदापछि माघ ६ गतेबाट विद्यालय सन्चालन हुने जिराभवानी गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

 

याेसंगै पर्साका १४ वटै पालिकाले विद्यालयहरुमा जाडाे बिदा दिएका छन्।

Related posts

वीरगन्जका सरकारी विद्यालयहरुले विद्यार्थीलाई दिवा खाजा वितरणमा मनलाग्दी गरेको खुलासा

MadhesKhabar

जिउतिया पर्वमा पकहाँ मैनपुर गाँउपालिकाका सरकारी विद्यालयमा विदा

MadhesKhabar

सखुवाप्रसाैनीकाे दलित विद्यालयमा नेपाली सेनाकाे सहयाेग

MadhesKhabar

Leave a Comment