वीरगन्ज,१५पुसःअंग्रेजी नयाँ वर्षको दिन(जनवरी १ तारिक) मा जनमत पार्टीले वीरगन्जमा पनि राष्ट्रिय धोती दिवस मनाउने भएको छ । पुस १७ (जनवरी १) अर्थात पुस १७ गतेका दिन जनमत पार्टीले काठमाडौंसहित विभिन्न जिल्लामा राष्ट्रिय धोती दिवस मनाउने निर्णय गरेको छ ।
त्यहि निर्णय अनुसार,वीरगन्जमा पनि जनवरी १ तारिक अर्थात पुस १७ गते बुधबारका दिन वीरगन्जमा पनि राष्ट्रिय धोती दिवस मनाउन लागिएको जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले बताए । पुस १७ गते बुधबारका दिन वीरगन्जको घण्टाघर चोकमा बिहान ८ बजे आयोजन ागर्न लागिएको राष्ट्रिय धोती दिवस कार्यक्रममा सहभागी हुन सबैमा अपिलपनि उनले गरेका छन् ।
मधेस र मधेसीको पहिचानको संरक्षण तथा जगेर्नाका साथै देश–विदेशमा मधेसी पोशाकको प्रचारप्रसारका लागि अंग्रेजी नयाँ वर्षको दिन राष्ट्रिय धोती दिवस मनाउन लागिएकाले आ–आफ्नो मौलिकता झल्कने गरी धोती, कुर्ता लगायतको पोशाक लगाएर उक्त कार्यक्रममा बढीभन्दा बढी संख्यामा सहभागी भइदिन उनले आह्वान गरेका छन् ।

