
दमौली,९पुसः तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा ईट्टा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मंगलबार बिहान भएको दुर्घटनामा ट्रकका चालक उदयपुर घर भएका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहट घर भएका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए।
डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०१–००१ य १६५९ नम्बरको स्कार्पियोलाई विपरीत दिशाबाट आउँदै गरेको ए २–०३००–१ केएच २४४८ नम्बर भारतीय ट्रकले ठक्कर दिएको थियो ।

