Madhes Khabar
गण्डकी प्रदेश

बसभित्रै ७३ वर्षिया वृद्धामाथि सामुहिक बलात्कार

तुल्सीपुर बसपार्क

दाङ,५साउन: दाङ जिल्लाकाे तुलसीपुरस्थित नयाँ बसपार्कमा एक वृद्धा बसभित्रै सामूहिक बलात्कारमा परेकी छन् ।

बिहीबारराति करिब १२:३० बजे पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी एक ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिए ।

बलात्कारमा संलग्न तुलसीपुर-१५ का पुष्कर रोका र सल्यानको कुमाख-७ का रेशम विकलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको र घटना बारे अनुसन्धान भइरहेकाे मल्लले बताए ।साभार:नेपालप्रेस

Related posts

पोखरा महानगरमा रोकिएको मतगणना सात घण्टापछि सुचारु

MadhesKhabar

ड्युटीमा रहेकी महिला प्रहरीकाे गाेली हानी हत्या

MadhesKhabar

घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने रक्साैलका दुई महिला पाेखरामा पक्राउ

MadhesKhabar

Leave a Comment