Madhes Khabar
गण्डकी प्रदेश

पोखरा महानगरमा रोकिएको मतगणना सात घण्टापछि सुचारु

फाइल फाेटाे

मधेसखबर
वीरगन्ज,१०जेठः
पोखरा महानगरपालिकामा रोकिएको मतगणना ७ घण्टापछि फेरि सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकमा गणना बाँकी रहेका ३ वटावडाको मतगणना सुरु गर्ने सहमति भएसंगै बेलुकी ७ बजेर २० मिनेट देखि पोखरा महानगरपालिकाको वडा नम्बर २२, ३२ र ३३ को मतगणना सुरु भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १८ को मतगणनाका क्रममा ९ वटा मतपत्र मत हराएको भन्दै मङगलबार मध्यान्ह १२ बजेदेखि नेकपा एमाले मतगणना रोकेको थियो । त्यसमा कानुनअनुसार प्रक्रिया अगाडि बढाउने र अरू वडाको मतगणना नरोक्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए ।
पोखरा–१८ मा खसेको मतभन्दा गणना भएको मत ९ कम थियो । त्यसपछि एमालेले मतगणना भइरहेका वडाका प्रतिनिधिलाई मतगणनास्थलमा नजान भनेको थियो ।
पोखरा–१८ मा एमालेको वडाध्यक्षका उम्मेदवार पुष्कल बहादुर थापा कांग्रेसका शिव तिमिल्सिनासँग ३ मतले पराजित भएका छन् ।

Related posts

ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

MadhesKhabar

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

MadhesKhabar

७२ जना सवार जहाज पोखरामा दुर्घटनाग्रस्त , उद्धार कार्य जारी

MadhesKhabar

Leave a Comment