Madhes Khabar
गण्डकी प्रदेश

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

फाइल फाेटाे

काठमाडौं ,०३माघ :बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी दिए ।

एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।साभार:अनलाइनखबर

Related posts

७२ जना सवार जहाज पोखरामा दुर्घटनाग्रस्त , उद्धार कार्य जारी

MadhesKhabar

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

जिल्ला प्रहरी कार्यालयमा राखियो भोजपुरी भाषामा नागरिक वडापत्र

MadhesKhabar

Leave a Comment