Madhes Khabar
राजनीति

रास्वपाले अदालतलाई नै प्रभावित पार्न खाेज्याे : कानूनमन्त्री चाैरसिया

फाइल तस्बिर ।

काठमाडौं,८पुस : कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि न्यायालय प्रभावित पार्न खोजेको आरोप लगाएका छन्।

सोमबार महान्यायाधिवक्ता कार्यालयको ७४औँ स्थापना दिवसका अवसरमा आयाेजित कार्यक्रममा मन्त्री चाैरसियाले यस्तो रास्वपामाथि यस्तो आरोप लगाएका हुन्।

रास्वपाले सडक र सामाजिक सञ्जालबाट न्यायालयलाई प्रभावित बनाएको आरोप उनले लगाए। उनले कानूनी शासनमा सयवटा दोषी छुटे पनि एउटा निर्दोष पर्नु नहुने बताए। उनले लोकतान्त्रिक व्यवस्था जोगाउनु सबैको दायित्व भएकोपनि उल्लेख गरे।

‘कानूनी शासनमा सयवटा दोषी छुटे पनि एउटा निर्दोष पर्नु हुँदैन भन्ने मान्यता छ तर प्रमाणलाई समेत नमान्ने गरी सोसल मिडिया, फेसबुकबाट प्रेसर गर्ने, सडकबाट प्रेसर गर्ने काम भइरहेको छ‚’ उनले भने, ‘यहाँ भएका न्याय सेवा, कानून सेवाका मूर्धन्य व्यक्तित्वहरुलाई लामो समयपछि आएको यो लोकतान्त्रिक व्यवस्थालाई प्रहार भइरहेको छ, हामी सबैको दायित्व हो व्यवस्थालाई सुदृढ गर्ने।’

कानूनमन्त्री चौरसियाले आफूहरुको कमीकमजोरी र व्यवस्थामा भएका कमीकमजोरी सुधारेर अघि बढ्नुपर्ने बताए।साभार:थाहाखबर

Related posts

मधेसका मुख्यमन्त्री यादवलाई कांग्रेस र लोसपाले विश्वासको मत दिने

MadhesKhabar

उपेन्द्र यादवलाई जिताउन प्रधानमन्त्रीसहितका शीर्ष नेताहरु आज बारा आउदै

MadhesKhabar

काँग्रेसका तीन सर्त माने मात्र आगामी चुनावमा गठबन्धन हुन्छ – शेखर कोइराला

MadhesKhabar

Leave a Comment