Madhes Khabar
राजनीति

मधेसका मुख्यमन्त्री यादवलाई कांग्रेस र लोसपाले विश्वासको मत दिने

फाइल फाेटाे

जनकपुरधाम,२३जेष्ठःमधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले विश्वासको मत दिने भएका छन् ।

बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले जानकारी दिए । यस्तै लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय भएको बताए ।

मुख्यमन्त्री यादवले बुधबार प्रदेशसभामा विश्वासको मत दिँदैछन् ।मधेस प्रदेश सभामा कांग्रेसको २२, जसपाको १९ र लोसपाको ८ सिट छ । यो संख्या ४९ मात्र पुग्छ । मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिन ५४ सांसदको समर्थन जुटाउनुपर्छ ।

 

Related posts

पर्सा २ (ख) मा स्वतन्त्र उम्मेदवारी दिने मुकेश द्विवेदीको घोषणा

MadhesKhabar

अजय चौरसियको पहलमा जसपाका प्रभावशाली नेताहरु काँग्रेसमा प्रवेश

MadhesKhabar

रमेश रिजाल भन्छन् : मधेसका मसिहा भन्ने जसपा मधेस विरोधी एमालेसंगै मिलेको छ ,जनताले विचार गर्छन्

MadhesKhabar

Leave a Comment