काठमाडौं,१७मंसिरःनेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार जारी खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको कर्णालीले पुरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १४१ बनाएको हो । कर्णालीका लागि बिस्फोटक ब्याटीङ गरेका गुलशन झाले २७ बलमा ३६ रन बनाए भने अर्जुन घर्तीले २२ बलमा ३३ रन र कप्तान सोमपाल कामीले १२ बलमै नटआउट २९ रन बनाए । ओपनर ब्याटर शिखर धवन भने १४ रनमै आउट भए।
बलिङ्तर्फ जनकपुरका महमद मोहसिनले २ तथा जिमि निशन,हर्ष थाकर,ललीत राजवंशी र किशोर महतोले एक एक विकेट लिए ।

