काठमाडौं,१७मंसिरःनेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार जारी खेलमा जनकपुर बोल्ट्सलाई ठूलो सफलता मिलेको छ। कर्णाली याक्सका ओपनर ब्याटर शिखर धवन १४ रनमै आउट भएका छन्। जनकपुरका बलर हर्ष ठकरेले धवनलाई बोल्ड गरेका हुन्।
धवनले १४ बलमा ३ चौका प्रहार गरे। यसअघि कर्णालीका देव खनाल १ रन बनाएर पेभेलियन फर्किएका थिए ।यस्तै चाडविक बल्टन ८ रनमा र जिसन मक्सुद शुन्य रनमा आउट भएका छन् ।
यो समाचार तयार पार्दासम्म कर्णालीले ८ ओभर खेल्दै ४ विकेटको क्षतिमा ३६ रनमात्र बनाएको छ ।

