काठमाडौं,२जेष्ठ:दीपेन्द्र सिंह ऐरीको विष्फोटक ब्याटिङको मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा सानदार जित हासिल गरेको छ । पार्क हिल मैदानमा मंगलबार बेलुकी भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो ।
१९७ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा पुरा गर्यो ।नेपालका लागि ओपनर कुशल भुर्तेलले ७० रन जोडे । दीपेन्द्रले ५२ तथा सोमपालले ३२ रन जोडे ।
सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा नेपालले विश्वकपको अभ्यासका लागि थप दुई खेल खेल्दैछ। १६ र १८ मेमा अभ्यास खेलसंगै नेपाल मे १९ तारिखमा ह्युस्टन प्रस्थान गर्नेछ । त्यसपछि २१ मे मा नेपाली टोलीले प्रशिक्षण गर्ने तालिका रहेको छ ।
२२ र २३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपालले यसअघि सन् २०२२ मा लिग-२ खेल्न जाँदा पनि सोहि स्थानमा अभ्यास खेल खेलेको थियो ।
नेपाली टाेली २५ मे मा डालास प्रस्थान गर्नेछ । त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा २ विश्वकप वार्म अप खेल खेल्नेछ ।

