Madhes Khabar
खेलकुद

टी–२० विश्वकप : पहिलो पटक समूह चरणबाटै बाहिरियो न्युजिल्यान्ड

वीरगन्ज,३२जेष्ठःन्युजिल्यान्ड, जारी टी–२० विश्वकप क्रिकेटको समुह चरणबाटै बाहिरिएको छ । शुक्रबार बहिान भएको खेलमा पपुवा न्यु गिनीलाई हराउँदै अफगानिस्तानले सुपर– ८ मा स्थान पक्का गरेपछि न्युजिल्यान्ड समूह चरणबाटै बाहिरिएको हो । समूह ’सी’ बाट अफगानिस्तान र वेस्ट इन्डिज ३ खेलबाट समान ६ अंक बटुल्दै अर्को चरणमा प्रवेश गरिसकेका छन् ।

अफगानिस्तान र पपुवा न्यु गिनीको खेलमा अफगानिस्तान पराजित भएको भए न्युजिल्यान्ड अर्को चरणमा जाने झिनो आशा कायम हुन्थ्यो । अहिलेसम्म खेलेका दुवै खेल न्युजिल्यानले हार बेहोरेको छ । न्युजिल्यान्ड पहिलो खेलमा अफगानिस्तानसँग ८४ र दोस्रो खेलमा वेस्ट इन्डिजसँग १३ रनले पराजित भएको थियो ।

पहिलो खेलमा न्युजिल्यान्डलाई अफगानिस्तानले ७५ रनमै अलआउट गरिदिएको थियो । न्युजिल्यान्डले अब शनिबार युगान्डा र सोमबार पपुवा न्यु गिनीसँग खेल्नेछ । न्युजिल्यान्ड समूह ’सी’ को अंकतालिकाको पुछारमा रहेको छ । न्युजिल्यान्ड टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिएको यो पहिलो पटक हो ।

Related posts

पाकिस्तान क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजिनामा

MadhesKhabar

आईपीएल क्रिकेट:हैदराबादमाथि कोलकाताकाे राेमाञ्चक जीत

MadhesKhabar

एनआइ कप : ज्ञानदा एकेडेमीकाे फेरि हार, वीरगन्ज सेन्ट्रल र हेटौंडा स्कुल विजयी

MadhesKhabar

Leave a Comment