Madhes Khabar
खेलकुद

आईपीएल क्रिकेट:हैदराबादमाथि कोलकाताकाे राेमाञ्चक जीत

वीरगन्ज,११चैत:भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइर्जस हैदराबादमाथि
कोलकाता नाइट राइर्डसले राेमाञ्चक जीत हात पारेकाे छ।शनिबारराति भएकाे खेलमा कोलकाताले सनराइर्जस हैदराबादलाई चार रनले हराएकाे हाे।

कोलकाताले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २ सय ४ रन मात्र बनाउन सक्यो । हैदराबादका हेरिक क्लासनले सर्वाधिक ६३ रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।

त्यस्तै ओपनरद्वय मायांक अग्रवाल र अभिशेक शर्माले समान ३२ रन जोडे । कोलकाताका हर्षित रानाले सर्वाधिक तीन, आन्द्रे रशेलले दुई तथा वरुण चक्रवर्ती र सुनिल नारायणले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो ।

कोलकाताका आन्द्रे रसेलले अविजित ६४ रन बनाए । ओपनर फिलिप साल्टले ५४ रन जोडे । हैदराबादका टी नटराजनले ३ तथा मंयक मारकण्डेले २ विकेट लिए ।

Related posts

भारतले अस्ट्रेलियालाई दियो ४०० रनको विशाल लक्ष्य

MadhesKhabar

पहिलाे खेलमै मुम्बईकाे हार, गुजरात ६ रनले विजयी

MadhesKhabar

भुटानसंग बराबरीमा राेकियाे नेपाल

MadhesKhabar

Leave a Comment