वीरगन्ज,१२कार्तिक : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज आइतबार भारत र इंग्ल्यान्ड खेल्दैछन् । यी दुईबिचको खेल दिउँसो सवा २ बजेदेखि सुरु हुनेछ ।
जारी विश्वकपमा भारत आँफुले खेलेका ५ वटै खेलमा जित हात पार्दै १० अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ । जारी विश्व कपमा अहिलेसम्म अपराजित रहने भारत एक मात्र टोली हो ।
इंग्ल्यान्ड भने समान पाँच वटै खेलमा चारमा हार र एकमा जित हात पार्दै २ अंकसहित अंकतालिकाको पुछारमा रहेको छ ।
भारत र इंग्ल्यान्डबीच भएका पछिल्लो पाँच वटा खेलमा भारतले तीन वटा र इंल्यान्डले दुई वटा खेल जितेका छन् ।