Madhes Khabar
खेलकुद

दोस्रो टेस्ट क्रिकेटमा इंग्ल्यान्डमाथि भारतकाे सानदार जीत

वीरगन्ज,२२माघ:दोस्रो टेस्ट क्रिकेटमा भारतले इंग्ल्यान्डलाई १ सय ६ रनकाे फराकिलाे अन्तरले हराएको छ ।

विशाखापटनमा भएकाे खेलमा जितका लागि ३ सय ९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड साेमबार चौथो दिनको चिया समयअघि २ सय ९२ रन बनाउँदा अल आउट भएपछि खेल भारतले जितेकाे हाे ।दाेश्राे पारीमा इंग्ल्यान्डका ज्याक क्रलीले ७३ रन बनाए । भारतका जसप्रित बुमराह र रविचन्द्रन अश्विनले समान ३ विकेट लिए ।

दोस्रो पारीमा भारत २ सय ५५ रनमा अल आउट भएको थियो । भारतका शुभमन गिलले शतक बनाए । इंग्ल्यान्डका टस हार्टलीले ४ र रेहान अहमदले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा ३ सय ९६ रन बनाएको थियो । भारतका यशस्वी जयसवालले दोहोरो शतक बनाए । इंग्ल्यान्डका जेम्स एन्डरसन, सोएब बशिर र रेहान अहमदले समान ३ विकेट लिए ।

इंग्ल्यान्ड पहिलो पारीमा २ सय ५३ रनमा समेटिन पुग्यो । इंग्ल्यान्डका ज्याक क्रलीले ७६ रन बनाए । भारतका जसप्रीत बुमराहले ६ विकेट लिए ।

यो जितसँगै भारतले ५ टेष्ट खेलको शृङ्खलामा १–१ को बराबरी गरेको छ । पहिलो खेल इङ्ल्यान्डले २८ रनले जितेको थियो । तेस्रो टेस्ट क्रिकेट फेब्रुअरी १५ देखि राजकोटमा शुरु हुनेछ ।

Related posts

विश्वकप फुटबल : दक्षिण कोरियाविरुद्ध गोलको वर्षा गर्दै ब्राजिल क्वाटरफाइनलमा

MadhesKhabar

क्यानले सन्दीपलाई टी–२० विश्वकप खेल्न पठाउने

MadhesKhabar

बारा जिल्ला क्रिकेट संघलाई वीरगन्जको एनआइ कलेजले गर्‍यो प्रायोजन

MadhesKhabar

Leave a Comment