Madhes Khabar
खेलकुद

दोस्रो टेस्ट क्रिकेटमा इंग्ल्यान्डमाथि भारतकाे सानदार जीत

वीरगन्ज,२२माघ:दोस्रो टेस्ट क्रिकेटमा भारतले इंग्ल्यान्डलाई १ सय ६ रनकाे फराकिलाे अन्तरले हराएको छ ।

विशाखापटनमा भएकाे खेलमा जितका लागि ३ सय ९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड साेमबार चौथो दिनको चिया समयअघि २ सय ९२ रन बनाउँदा अल आउट भएपछि खेल भारतले जितेकाे हाे ।दाेश्राे पारीमा इंग्ल्यान्डका ज्याक क्रलीले ७३ रन बनाए । भारतका जसप्रित बुमराह र रविचन्द्रन अश्विनले समान ३ विकेट लिए ।

दोस्रो पारीमा भारत २ सय ५५ रनमा अल आउट भएको थियो । भारतका शुभमन गिलले शतक बनाए । इंग्ल्यान्डका टस हार्टलीले ४ र रेहान अहमदले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा ३ सय ९६ रन बनाएको थियो । भारतका यशस्वी जयसवालले दोहोरो शतक बनाए । इंग्ल्यान्डका जेम्स एन्डरसन, सोएब बशिर र रेहान अहमदले समान ३ विकेट लिए ।

इंग्ल्यान्ड पहिलो पारीमा २ सय ५३ रनमा समेटिन पुग्यो । इंग्ल्यान्डका ज्याक क्रलीले ७६ रन बनाए । भारतका जसप्रीत बुमराहले ६ विकेट लिए ।

यो जितसँगै भारतले ५ टेष्ट खेलको शृङ्खलामा १–१ को बराबरी गरेको छ । पहिलो खेल इङ्ल्यान्डले २८ रनले जितेको थियो । तेस्रो टेस्ट क्रिकेट फेब्रुअरी १५ देखि राजकोटमा शुरु हुनेछ ।

Related posts

जनकपुर बाेल्ट्सले एनपीएल जितेको खुसीमा सखुवा प्रसौनीमा भोलि सार्वजनिक बिदा

MadhesKhabar

श्रीलंकालाई ५५ रनमै अलआउट गरेपछि भारत बन्याे विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने पहिलाे देश

MadhesKhabar

वीरगन्जमा एभरेस्ट महिला भलिबल लिगको ट्रफी र मधेस युनाइटेडको नयाँ जर्सी सार्वजनिक

MadhesKhabar

Leave a Comment