Madhes Khabar
स्वास्थ्य

विश्व एड्स दिवसमा नेशनल मेडिकल कलेजमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

वीरगन्ज,१६मंसिर:विश्व एड्स दिवसकाे अवसरमा वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आइतबार जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।`एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौं´ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा कलेजका विद्यार्थीहरुले सन्देशमूलक नाटक प्रदर्शन गरेका थिए।

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक ईशरत जहाँ अन्सारीको अध्यक्षता तथा कलेजका अध्यक्ष प्रा.डा. जैनुदिन अन्सारीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा,कलेजका प्रबन्ध निर्देशक शाहानवाज अन्सारी,कलेजका एकेडेमिक निर्देशक नुशरत जहाँ अन्सारी, एडमिसन डाइरेक्टर आविद हुसेन अन्सारी, प्रधनाध्यापक डा.के. एन. सिंह, सह प्राध्यापक रविशंकर गुप्ता, कलेजका प्रशासन प्रमुख गौसुल आजम लगायतका उपस्थिति रहेको थियो ।

Related posts

डेंगु रोगबाट सुरक्षित रहौं, रोकथाम गरौं, नियन्त्रण गरौं : डा.कमोद निराला

MadhesKhabar

कलैयामापनि सञ्चालनमा आयो ब्लड बैंक, उपराष्ट्रपति यादवले गरे उद्घाटन

MadhesKhabar

सखुवा प्रसाैनी गाँउपालिकाका महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई दिइयाे तालिम

MadhesKhabar

Leave a Comment