Madhes Khabar
स्थानिय

पर्सामा विजय गैरेको अध्यक्षतामा वडाध्यक्ष एकता समाज नेपाल गठन

वीरगन्ज,१६मंसिरःपर्सा जिल्लाका १० वटा गाँउपालिकाका वडाध्याहरुको भेलाले वडाध्यक्ष एकता समाज नेपाल गठन गरेको छ ।
ठोरी गाँउपालिका वडा नम्बर ४ मा शनिबार सम्पन्न वडाध्यक्षहरुको भेलाले पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर २ का वडाध्यक्ष विजय गैरेको अध्यक्षतामा ११ सदस्यिय वडाध्यक्ष एकता समाज नेपालको जिल्ला तदर्थ समिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा जगरनाथपुर गाँउपालिकाका वडाध्यक्ष सुभाष कुमार यादव, सचिवमा छिपहरमाई गाँउपालिकाका वडाध्यक्ष दिपेन्द्र कुमार सिंह, कोषाध्यक्षमा ठोरी गाँउपालिकाका वडाध्यक्ष अष्टबहादुर लोप्चन र सहसचिवमा सखुवा प्रसौनी गाँउपालिकाका वडाध्यक्ष मुजालिम मियाँ रहेका छन् ।

यस्तै सदस्यमा डेडी प्रसाद यादव,महादेव महतो थारु,जयनारायण प्रसाद कुर्मी,जय प्रकाश चौरसिया र विपिन मुखिया रहेका छन् ।
यस्तै सल्लाहकार समितिमा सन्जय चौहान,अनोज चौरसिया,सन्जयकुमार पटेल,रामशरण खवास थारु,फरमान मियाँ अन्सारी,चिरन्जिवी महतो थारु र अमृतकृष्ण सापकोटा रहेका छन् ।

Related posts

नौका टोलामा नवनिर्मित ढलान सडकको सांसद यादवले गरे उद्घाटन

MadhesKhabar

पर्साकाे रंगपुरटाँडीबाट सालकाे गाेलिया काठ र साइकल बरामद

MadhesKhabar

भारतमा कोरोना संक्रमण बढेपछि वीरगन्ज नाकामा उच्च सतर्कता

MadhesKhabar

Leave a Comment