Madhes Khabar
खेलकुद

भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिज

वीरगन्ज,१मंसिरःभारतले दक्षिण अफ्रिकाविरुद्धको टी–२० क्रिकेट सिरिज जितेको छ ।शुक्रबार राति भएको चौथो खेलमा दक्षिण अफ्रिकालाई १३५ रनको फराकिलो अन्तरले हराउँदै भारतले सिरिज ३–१ ले जितेको हो ।

शुक्रबार राति भएको खेलमा २८४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १८.२ ओभरमा १४८ रनमा अल आउट भयो ।उसकालागि ट्रिस्टन स्टब्सले सर्वाधिक ४३ रन बनाए भने डेभिड मिलरले ३६ तथा मार्को यान्सेनले अविजित २९ रन बनाए ।

बलिङ्तर्फ भारतका अर्शदीप सिंहले ३ विकेट तथा वरुण चक्रवर्ती र अक्षर पटेलले २/२ विकेट तथा हार्दिक पान्ड्या, रमनदीप सिंह र रवि विश्नोईले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा १ विकेट गुमाएर २८३ रन बनाएको थियो । उसका लागि तिलक बर्माले नटआउट १२० रन र सन्जु सामसनले नटआउट १०९ रन बनााए ।यसअघि पहिलो खेल जितेको भारतले दोस्रो खेलमा पराजित हुँदा तेस्रो खेल जितेको थियो ।

Related posts

अष्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

MadhesKhabar

विश्वकप क्रिकेटकाे इतिहासमा बंगलादेशले पहिलाे पटक हरायाे श्रीलंकालाई

MadhesKhabar

आईपीएलमा आज राजस्थान र मुम्बई भिड्दै

MadhesKhabar

Leave a Comment