
दार्चुला,३० कार्तिक:दार्चुलामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।५ जना घाइते भएका छन्।शैल्यशिखर नगरपालिका वडा नम्बर ६ बगजेबलामा शुक्रबार बिहान ४ बजे म १ ज ३३८ नम्बरकाे जिप दुर्घटनामा परेकाे हाे ।मालिकार्जुनबाट गाेकुलेश्वर तर्फ जाँदै गरेको जिप खसेर दुर्घटना भएको हाे।
मृत्यु हुनेमा दार्चुलाकाे शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षिय वीरेन्द्र रावल, २८ वर्षिया शान्ति रावल, शैल्यशिखर-९ नकतडका ४५ वर्षिय दिलिप विष्ट, बैतडीको डिलाशैनी-५ का १५ वर्षिय संजिव बाेहरा र भारतकाे उत्तर प्रदेश विजनाैर जिल्लाका ४५ वर्षिय माेहमद सफिर र तथा १८ वर्षिय माेहमद बसिम रहेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए ।
४ जनाकाे घटनास्थलमै तथा ४ जनाकाे उपचारका क्रममा गाेकुलेश्वर अस्पतालमा मृत्युु भएको हाे ।घाइतेहरुको गोकुलेस्वर अस्पतालमा उपचार भैरहेको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए ।

