Madhes Khabar
सुदूरपश्चिम प्रदेश

शौचालयको सेप्टिक ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु

महेन्द्रनगर,३२साउनः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जंगली हात्तीको मृत्यु भएको छ।शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेप्टिक ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए।

‘बुधबार राति १२ बजेपछि जंगली हात्ती आएर सेप्टिकट्यांकीमा पछाडिको खुट्टा परेर मृत्यु भएको देखिएको छ,’ प्रमुख संरक्षण अधिकृत मेहताले भने, ‘अहिले प्राविधिकसहितको टोली गएर घटनास्थल मुचुल्का संकलनको काम भइरहेको छ।’

उनले जंगली हात्ती बथानमा आएको र मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताए।‘सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘विधि प्रक्रिया पु¥याएर हात्तीको दाहसंस्कार गरिनेछ।’ रासस

Related posts

सुर्खेतमा प्रचण्ड माथि जुत्ता प्रहारको प्रयास, प्रहरीले जोगायो

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

मुगुमा जिप दुर्घटना हुदाँ चार जनाकाे मृत्यु

MadhesKhabar

Leave a Comment