Madhes Khabar
सुदूरपश्चिम प्रदेश

मुगुमा जिप दुर्घटना हुदाँ चार जनाकाे मृत्यु

फाइल फाेटाे

वीरेन्द्रनगर,२९साउन: मुगुको सोरु गाउँपालिकामा जिप दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न सिपपहिरो नजिकै सडकबाट तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।जिपमा सवार ९ जना यात्रुमध्ये २ जनाको घटनास्थलै र २ जनाको सिप हेल्थपोष्टमा उपचारका क्रममा मृत्यु भएको प्रहरी चौकी तारापानीका इन्चार्ज रमानन्द उपाध्यायले बताए ।

जिप दुर्घटनामा घाइते हुनेमा सोरु गाउँपालिका वडा नम्बर ५ नेर गाउँका लोकजन नेपाली, गोबिन्द शाही, वडा नम्बर २ का दिनेश लावड लगायत रहेकाे प्रहरीले जनाएको छ ।

Related posts

गोवामा सकुशल भेटिइन् मेयर हमालकी छोरी आरती

MadhesKhabar

प्रहरी हिरासतबाट भागेका थुनुवा पक्राउ गर्न जाँदा लडेर प्रहरी जवानको मृत्यु

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment