Madhes Khabar
सुदूरपश्चिम प्रदेश

मुगुमा जिप दुर्घटना हुदाँ चार जनाकाे मृत्यु

फाइल फाेटाे

वीरेन्द्रनगर,२९साउन: मुगुको सोरु गाउँपालिकामा जिप दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न सिपपहिरो नजिकै सडकबाट तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।जिपमा सवार ९ जना यात्रुमध्ये २ जनाको घटनास्थलै र २ जनाको सिप हेल्थपोष्टमा उपचारका क्रममा मृत्यु भएको प्रहरी चौकी तारापानीका इन्चार्ज रमानन्द उपाध्यायले बताए ।

जिप दुर्घटनामा घाइते हुनेमा सोरु गाउँपालिका वडा नम्बर ५ नेर गाउँका लोकजन नेपाली, गोबिन्द शाही, वडा नम्बर २ का दिनेश लावड लगायत रहेकाे प्रहरीले जनाएको छ ।

Related posts

दुई मन्त्री पाउने भएपछि सरकारमा जान नागरिक उन्मुक्ति पार्टी तयार

MadhesKhabar

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

बाजुराको बाम्का बजारमा आगलागी हुदाँ कम्तिमा ४० पसल जलेर ध्वस्त

MadhesKhabar

Leave a Comment