Madhes Khabar
सुदूरपश्चिम प्रदेश

गोवामा सकुशल भेटिइन् मेयर हमालकी छोरी आरती

काठमाडौं,१४चैतःकैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती सम्पर्कमा आएकी छन्। भारतको गोवाबाट सोमबारदेखि सम्पर्कविहीन भएकी आरती हमाल सम्पर्कमा आएकी हुन्।आरतीकी आमा शारदाका अनुसार उनीहरु भारतको गोवामा छन्।

उनले भनिन, ‘छोरी गोवामै रहेछ। एक विदेशी केटीले फोटो हालेपछि अमेरिकामा भएकाले सम्पर्क गर्नु भयो।’ उनी सम्कर्पमा आएपछि बैनी आरजु उनका श्रीमान रीतेज भट्ट गोवा पुगेका हुन।

मेयर हमाललेपनि छोरी सम्पर्कमा आएको र स्वास्थ्य अवस्था कमजोर रहेको सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिएका छन् ।

आरती ध्यानका लागि केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् । केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी छोरी सोमबारदेखि सम्पर्कविहीन भएको भन्दै मेयर हमालले खोजीको लागि सहयोग गर्न आग्रह गरेका थिए ।

Related posts

शौचालयको सेप्टिक ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु

MadhesKhabar

बझाङ भूकम्प (अपडेट) : दुई जना घाइते, पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

MadhesKhabar

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

Leave a Comment