Madhes Khabar
सुदूरपश्चिम प्रदेश

प्रहरी हिरासतबाट भागेका थुनुवा पक्राउ गर्न जाँदा लडेर प्रहरी जवानको मृत्यु

सांकेतिक फोटो ।

धनगढी,२८फाल्गुनः दार्चुलामा फरार थुनुवा पक्राउ गर्न जाँदा भीरबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ ।जबर्जस्ती करणी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका दार्चुलाको महाकाली नगरपालिकाका २३ वर्षका उमेश सिंह कुँवर भागेपछि पक्राउ गर्न गएका प्रहरी जवान सोहन चौधरीको भीरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनका अनुसार भीरबाट लडेर गम्भीर घाइते भएका कैलालीको कैलारी गाउँपालिका घर भएका प्रहरी जवान चौधरीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चौधरीको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

जबर्जस्तीकरणी र ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धानका लागि प्रहरीले कुँवरलाई २१ फागुनमा पक्राउ गरेको थियो ।थुनुवा कक्षबाट भागेका कुँवर महाकाली नदीमा पौडी खेलेर भारततिर पुगेका थिए । कुँवरलाई नदी किनारमा रहेका भारतीय गोरखा रेजिमेन्ट (जीआर) को सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।साभारः अनलाइनखरबाट

Related posts

धार्मिक सदभाव भड्किने संकेत देखिएपछि नेपालगञ्जमा कर्फ्यु

MadhesKhabar

गाडी दुर्घटनामा कानुनमन्त्री सिंहसहित ३ जनाको मृत्यु

MadhesKhabar

सुर्खेतमा प्रचण्ड माथि जुत्ता प्रहारको प्रयास, प्रहरीले जोगायो

MadhesKhabar

Leave a Comment