Madhes Khabar
सुदूरपश्चिम प्रदेश

ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

 

सुर्खेत,८चैत : दैलेखमा बुधबार बिहान ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्याँस बोकेको भे१क २२०१ नम्बरको ट्रक दैलेखकाे गुराँस गाउँपालिका-४ तालपोखरी नजिक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

मृत्यु हुनेमा ट्रकका चालक ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेको दैलेखका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

मृतकहरुको ठेगाना भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Related posts

शौचालयको सेप्टिक ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु

MadhesKhabar

बाँकेमा ट्रकसँग बस ठाेक्किँदा ७ जनाकाे मृत्यु

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

Leave a Comment