Madhes Khabar
सुदूरपश्चिम प्रदेश

ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

 

सुर्खेत,८चैत : दैलेखमा बुधबार बिहान ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्याँस बोकेको भे१क २२०१ नम्बरको ट्रक दैलेखकाे गुराँस गाउँपालिका-४ तालपोखरी नजिक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

मृत्यु हुनेमा ट्रकका चालक ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेको दैलेखका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

मृतकहरुको ठेगाना भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Related posts

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

गाडी दुर्घटनामा कानुनमन्त्री सिंहसहित ३ जनाको मृत्यु

MadhesKhabar

सुदूरपश्चिम प्रदेश : एमालेकाे सरकार ढल्याे , कांग्रेसका शाह नयाँ मुख्यमन्त्री नियुक्त

MadhesKhabar

Leave a Comment