बारा,१९कार्तिक:बाराको निजगढ नगरपालिका वडा नम्बर ९ स्थित भमरा पुल नजिकै यात्रुवाहक बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन्।
जनकपुरबाट नारायघाटतर्फ जाँदै गरेको ना. ५ ख ८८०२ नंबरको बस दुर्घटनामा परेको हाे ।३८ जना सवार बस आफै अनिन्त्रित भई दुर्घटना हुदा बसमा सवार २३ जना घाईते भएकाे ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
घाईतेमध्ये ६ जनालाई उपचारका लागि हेटौडा र वीरगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

