Madhes Khabar
स्वास्थ्य

विश्व पोलियो दिवसमा वीरगन्जमा जनचेतनामूलक र्‍याली र मानव साङ्लो प्रदर्शन

वीरगन्ज,८कार्तिकःविश्व पोलियो दिवस वीरगन्जमापनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । रोटरी क्लब अफ वीरगन्जको आयोजना तथा विभिन्न संघसंस्थाको समन्वयमा बिहीबार वीरगन्जमा जनचेतनामुलक र्याली, कोणसभा र मानव साङ्लो प्रदर्शन गरेर विश्व पोलियो दिवस मनाइएको हो ।

बिहान नारायणी अस्पताल नजिकको रोटरी भवनबाट सुरु भएको जनचेतनामुलक रयाली वीर्ता, आदर्शनगर , घडीअर्वा,माइस्थान हुदैं घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नेपालमा पोलियो रोग उन्मूलनमा गैरसरकारी संस्थाहरुले खेलेको भूमीका प्रशंसनीय रहेको बताए ।यस्ता कार्यमा वीरगन्ज महानगरकोपनि सदैव साथ र सहयोग रहने प्रतिबद्धतापनि उनले जनाए ।

कोणसभापछि जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिको रातो बंगलापरिसरमा सन्देशमुलक मानव साङ्लो प्रदर्शनपनि गरिएको थियो ।‘इण्ड पोलियो’ भन्ने सन्देशसहितको मानव साङ्लो बनाएर प्रदर्शन गरिएको रोटरी क्लब अफ वीरगन्जका अध्ध्यक्ष निर्मल खत्रीले जानकारी दिए ।

नेपालबाट पोलियो रोग उन्मूलन भइसकेको भएपनि अझैपनि पोलियो रोगको जोखिम कायमै रहेकाले जनचेतना जनाउनका लागि विश्व पोलियो दिवसका अवसरमा वीरगन्जमा बिहीबार जनचेतनामुलक रयाली, कोणसभा र मानव साङ्लो प्रदर्शन गरिएको खत्रीले बताए ।

बिहीबारको कार्यक्रममा वीरगन्न्ज महानगरका मेयर सिंहसंगै पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेल,वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल,उपाध्यक्ष माधव राजपाल,भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीना,नारायणी अस्पतालका चिकित्सक डाक्टर नीरज सिंह,स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर,प्याब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी,वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईका साथै विभिन्न विद्यालयका विद्यार्थी,संघसंस्थाका प्रतिनिधी लगायतकाको सहभागीता थियो ।

Related posts

वीरगन्जको मानव सेवा आश्रममा स्वास्थ्य कार्यालय पर्साले सहयोगमा दियो ४१ प्रकारका औषधि

MadhesKhabar

बिरामीको उपचारमा प्रभु र नीलकण्ठ अस्पतालको खेलवाड, आइसियु र अप्रेसन थियटरमै भेटियो म्याद गुज्रेका औषधि

MadhesKhabar

वीरगन्ज रक्तसञ्चार केन्द्रलाई राउन्ड टेबल नेपालद्वारा फ्रिज सहयाेग

MadhesKhabar

Leave a Comment