Madhes Khabar
स्वास्थ्य

शीशु र आमाको ज्यान जोगाएर सकुशल प्रसूती गराउन सफल बिएचसीकी अधिकारी सम्मानित

वीरगन्ज,२२साउनःवीरगन्ज–१४ बहुअरीस्थित वीरगन्ज हेल्थ केयर (बिएचसी)हस्पिटलमा गर्भभित्र रहेको शीशु र आमाको ज्यान जोगाएर सकुशल प्रसूती गराउन सफल स्वास्थ्यकर्मीलाई अभिभावकले खुशी भएर सम्मानित गरेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ६ का राकेश मिश्राले वीरगन्ज हेल्थ केयर हस्पिटलकी प्रशासन प्रमुखसमेत रहेकी स्वास्थ्यकर्मी भूमीका अधिकारीलाई मायाको चिन्हो प्रदान गर्दै सम्मानित गरेका हुन् ।

पत्नि अन्नु मिश्राको गर्भभित्रै शीशुको स्वास्थ्य अवस्था जटिल भईसकेको अवस्थामापनि अधिकारी र डा. रमोला सहितको स्वास्थ्यकर्मीले सकुशल प्रसुती गराएर शीशु र आमा दुवैको ज्यान जोगाएपछि खुशी भएर अस्पताल र अधिकारीलाई मायाको चिन्हो दिएर सम्मानित गरेको मिश्रले बताए ।

अस्पतालकी प्रशासन प्रमुख अधिकारीका अनुसार, प्रसूतीको समय १० दिन बाँकी छदैं चेकजाँचका लागि गत आइतबार अन्नुलाई लिएर उनका पति रोकश वीरगन्ज हेल्थ केयर हस्पिटलमा लिएर पुगेका थिए । त्यसबेला गर्भमा रहेको शीशुको स्वास्थ्य अवस्था जटिल (कम चल्ने) देखिएपछि अन्नुलाई भर्ना गरिएको थियो ।

गर्भभित्रै शीशुको स्वास्थ्य अवस्था जटिल भई शीशुको ज्यान नै जोखिममा पर्ने देखिएपछि डा. साह र अधिकारी सहितका स्वास्थ्यकर्मीको टोलीले राति नै शल्कृयामार्फत प्रसुती गराउने याोजना बनाए । शल्यकृृयाका क्रममा पनि निक्कै जटिलता आएपनि आँफुहरुको अथक प्रयासले सकुशल प्रसूती गराउन सफल भएको अधिकारीले बताइन् । प्रसूती पश्चात तीन दिन शीशु र आमालाई अस्पतालमा राखेर बिहीबार डिस्जार्च गरेर घर पठाइएको उनले जानकारी दिइन् ।

 

 

Related posts

जटिल ८ रोगका बिरामीलाई साउन १ गतेदेखि २ लाखसम्मको उपचार सुविधा

MadhesKhabar

स्वास्थ्य कार्यालय पर्सा मधेस प्रदेशमा लगातार ३ वर्षदेखि प्रथम

MadhesKhabar

नागरिक सरकारले कटौती गर्‍यो स्वास्थ्य बिमाको सुविधा: अब २५ हजार बराबरको मात्रै ओपीडी सेवा

MadhesKhabar

Leave a Comment