Madhes Khabar
खेलकुद

सबैकाे राेजाईमा परेका गुलशन झालाई कर्णाली किन्याे १५ लाखमा

काठमाडौ,२०असाेज:नेपाली राष्ट्रिय टीमका स्टार अलराउन्डर गुलशन झा नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमा कर्णालीमा आवद्ध भएका छन् । उनलाई गोलाप्रथाबाट कर्णालीले हात पारेको हो ।

गुलशन आजको अक्सनमा सबैभन्दा बढी चासोमा थिए । सबै टीम उनलाई भित्र्याउन आतुर थिए । ७ टीमले उच्चतम १५ लाखको बोली लगाए । लुम्बिनीले भने ए ग्रेडका ३ खेलाडीको कोटा पुर्याइसकेकाले गुलशनलाई लिने दौडमा सामेल हुन पाएन ।अन्तिममा गोलाप्रथाबाट कर्णालीले लग्यो ।

 

गुलशनलाई प्राप्त गर्दा कर्णाली टीमको खेमामा खुशीयाली छाएको थियो । फ्रेन्चाइजका सदस्यहरुले आपसमा बधाई साटासाट गरेका थिए । कर्णालीको मार्की खेलाडीमा सोमपाल कामी रहेका छन् ।

गुलशनले नेपाली राष्ट्रिय टीमबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । नेपालको क्यानडा भ्रमणमा उनले शानदार प्रदर्शन गरेका थिए ।

१८ वर्षिय गुलशन विष्फोटक ब्याटिङका लागि चिनिन्छन् । उनले थुप्रै म्याचमा नेपाललाई अप्ठेरो स्थितिबाट उकासेका छन् । पछिल्लो समय उनको बलिङ पनि धारिलो हुँदै गएको छ । ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने भएकाले सबै टिमले उनीमाथि आँखा लगाएका थिए ।

Related posts

वेस्ट इन्डिजसंग हुने सिरिजका लागि नेपाली टोली घोषणा,वीरगन्जका आसिफ र आरिफ पनि परे टिममा

MadhesKhabar

नेपाल र थाइल्याण्डबीचको अभ्यास खेल वर्षाका कारण रद्द

MadhesKhabar

यू–१९ महिला टी–२० विश्वकपबाट बाहिरियो नेपाल,अष्ट्रेलियासंग ८३ रनले पराजित

MadhesKhabar

Leave a Comment