Madhes Khabar
खेलकुद

नेपाल र थाइल्याण्डबीचको अभ्यास खेल वर्षाका कारण रद्द

फाइल फोटो

काठमाडौं,११भदौंः आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपाल र थाइल्यान्डबीचको अभ्यास खेल वर्षाका कारण रद्द भएको छ ।

खेलमा नेपालले जितका लागि १ सय २८ रनको विजयी लक्ष्य पाएको थियो । तर त्यसपछि वर्षा भएकाले नेपाली महिला टोलीले ब्याटिङ गर्ने अवसर नै पाएन ।वर्षाको कारण नेपालले ब्याटिङ गर्ने अवसर नपाएपछि खेल रद्द हुन पुगेको हो ।

यसअघि नेपालले चारदेशीय महिला टी–२० खेलमा फाइनलमा हङकङलाई १३ रनले हराउँदै उपाधि जितेको थियो ।आईसीसी महिला विश्वकप टी–२० एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि ९ सेप्टेम्बरमा मलेसियामा हुनेछ ।

नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् ।
हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले ग्लोबल छनोट खेल्न पाउनेछन् । साभार : अनलाइनखबरबाट

Related posts

मंगाेलियाविरुद्ध नेपालको सानदार जित, एउटै खेलमा बनायो चार वटा विश्वकीर्तिमान

MadhesKhabar

काम लागेन काेहलीकाे शतक, बैंग्लाेर राजस्थानसंग पराजित

MadhesKhabar

पञ्जाबमाथि चेन्नईकाे सानदार जित

MadhesKhabar

Leave a Comment