Madhes Khabar
समाचार

मधेस सरकारले जनकपुरमा ३ करोडको लागतमा सार्वजनिक शौचालय बनाउँदै

वीरगन्ज,१७असोजःमधेस प्रदेशको राजधानी जनकपुरमा प्रदेश सरकारले तीनवटा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ ।जनकपुरको सौन्दर्यीकरण कार्यक्रम अन्तर्गत प्रदेश सरकारले ३ करोड रुपैयाँको लागतमा तीनवटा अत्याधुनिक शौचालय निर्माण गरिने जनाएको हो ।

प्रदेशको राजधानीमा पर्यटकीय विकास तथा विस्तारका लागि अन्यकुरासँगै सार्वजनिक शौचालयको आवश्यक्ता रहेको मुख्यमन्त्री सतिशकुमार सिँहले औंल्याएपछि प्रदेश सरकारले सार्वजनिक शौचालय निर्माण गर्न लागेको हो ।शौचालय निर्माणका लागि आवश्यकता र प्राथमिकताका आधारमा जनकपुरको बसपार्क, राम मन्दिरको दक्षिणी भाग तथा कभर्डहल तथा मणिपालको बीच स्थानमा शौचालय निर्माण गरिने बताइएको छ ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साह, जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साह, प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका निमित्त सचिव सुशील साहलगायतको टोलीले शौचालय निर्माणका लागि स्थान पहिचान गरेको हो ।

Related posts

बारामा अफिमसहित एक पुरुष पक्राउ

MadhesKhabar

वीरगन्जका सञ्चारकर्मी सर्राफसंग अभद्र व्यवहार गर्ने सशस्त्र प्रहरीका असई सिंहमाथि कारबाही सुरु

MadhesKhabar

झुम्सा आयोजना छिट्टै सकेर बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment