Madhes Khabar
राष्ट्रिय

बाढीपहिरो अपडेट : हालसम्म १०० जनाको मृत्यु, ६७ बेपत्ता

तस्बिर :सशस्त्र प्रहरी

काठमाडौं,१३असाेज:बाढीपहिरो र डुबानमा परी देशभर हालसम्म १०० जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६ जना, सोलुखुम्बुमा ५, पाँचथरमा ५ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ ।

यस्तै, दोलखामा ३, सिन्धुलीमा २, धनकुटामा २, महोत्तरीमा, रामेछापमा १ , झापामा १, उदयपुरमा १, इलाममा १ , सप्तरीमा १ र नुवाकोटमा १ जनाको मृत्यु भएको उनले जानकारी दिए ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९,९८३ सुरक्षाकर्मी परिचालन गरिएको छ । गृहमन्त्रालयका अनुसार हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको छ ।रासस

Related posts

सरकारका कुनै पनि कर्मचारीले अब बैठक भत्ता लिन नपाउने

MadhesKhabar

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

MadhesKhabar

जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गरेको आरोपमा काठमाडौंमा २ जना पक्राउ

MadhesKhabar

Leave a Comment