Madhes Khabar
राष्ट्रिय हेडलाइन

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

काठमाडौं,१५ माघ : रवि लामिछानेले नेपाली नागरिकता प्राप्त गरेका छन्। आवश्यक प्रक्रिया पूरा गरेर लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्राप्त गरेका हुन्।

आइतबार बिहान सुरक्षाकर्मीसहित लामिछाने नागरिकता पुन ः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय पुगेका थिए।

शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेको थियो। सर्वोच्चको आदेश पछि लामिछानेको सांसद र मन्त्री पद दुवै गुमेको थियो।

लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए। नागरिकता विवादमा आएपछि उपप्रधान एवं गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिएका छन्। । गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको हो।

लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा लामिछाने चितवत–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। साभार : अन्नपूर्ण पोष्ट

Related posts

ब्रिटिश फौजलाई गोर्खालीले हराएको ऐतिहासिक युद्धस्थल पर्सागढीमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

MadhesKhabar

सर्वोच्च अदालतमा वीरगन्जको मेनरोड विस्तारको सुनुवाई २४ औं पटक पनि सर्यो

MadhesKhabar

गौर हत्याकाण्ड छानबिन गर्ने सहमति जसपालाई फसाउने षडयन्त्र हो : सांसद यादव

MadhesKhabar

Leave a Comment