Madhes Khabar
राष्ट्रिय हेडलाइन

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

काठमाडौं,१५ माघ : रवि लामिछानेले नेपाली नागरिकता प्राप्त गरेका छन्। आवश्यक प्रक्रिया पूरा गरेर लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्राप्त गरेका हुन्।

आइतबार बिहान सुरक्षाकर्मीसहित लामिछाने नागरिकता पुन ः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय पुगेका थिए।

शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेको थियो। सर्वोच्चको आदेश पछि लामिछानेको सांसद र मन्त्री पद दुवै गुमेको थियो।

लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए। नागरिकता विवादमा आएपछि उपप्रधान एवं गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिएका छन्। । गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको हो।

लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा लामिछाने चितवत–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। साभार : अन्नपूर्ण पोष्ट

Related posts

चाडपर्व लक्षित पर्साका सिडिओको अपिल : मनपरी मुल्यवृद्धि नगर्न र सवारी भाडा नबढाउन निर्देशन

MadhesKhabar

गुठी संस्थानको अतिक्रमित ३६ बिघा भन्दा बढि जग्गा खोज्न वीरगन्ज महानगर सफल

MadhesKhabar

टिकटक आजैदेखि बन्द हुन्छ : सञ्‍चारमन्त्री शर्मा

MadhesKhabar

Leave a Comment