Madhes Khabar
राजनीति

राजसंस्था र हिन्दु राष्ट्रको लागि राप्रपाले छठलगत्तै आन्दोलन गर्ने

फाइल तस्बिर ।

काठमाडौं,११असोजःराष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनस्थापनाको मागसहित काठमाडौं केन्द्रितआन्दोलनको तयारीमा जुटेको छ ।राप्रपाले आन्दोलनको तयारीका लागि सबै जिल्ला कार्य समितिलाई परिपत्रपनि गरेको छ।

७७ वटै जिल्ला कार्यसमितिलाई पत्र लेख्दै आन्दोलनमा सक्रिय हुनेबारे राजनीतिक, परिचालन र व्यवस्थापनका प्राविधिक विषयहरूमा प्रशिक्षण समेत दिइने राप्रपाका महामन्त्री डा. धवलशम्सेर राणाले बताए ।

जिल्ला काार्य समितिलाई पठाइएको पत्रमा भनिएको छ–राजसंस्था, सनातन हिन्दू अधिराज्य, प्रदेशी खारेजी, भ्रष्टाचारको अन्त्यलगायत ४० बुँदे मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले सडक संघर्ष जारी राखेको विदितै छ । यसै सन्दर्भमा केन्द्रीय कार्य समिति, कार्य सम्पादन समितिको निर्णयबमोजिम आन्दोलन निरन्तर राख्दै देशभरिका ६ हजार ७ सय ४३ वडाबाट कम्तीमा तीन जना वा बढीमा सके जति जुझारु सहयोद्धाहरू काठमाडौंँ केन्द्रित आन्दोलनमा सहभागी गराइनेछ ।’ आन्दोलन केन्द्रित प्रशिक्षण संचालन गर्न केन्द्रीय प्रशिक्षकहरू सबै जिल्लामा जाने समेत राणाले बताए ।

जिल्लाका प्रत्येक वडाबाट कम्तीमा तीन जना बढीमा सके जति जुझारु व्यक्तिहरू सहभागी गराई जिल्लास्तरीय प्रशिक्षण तिहार अगावै सम्पन्न गर्ने तिहार र छठ लगत्तै काठमाडौं केन्द्रित आन्दोलन आरम्भ गर्ने उनले बताए।

Related posts

प्रदीप यादवलाई समर्थन जनाउँदै कांग्रेसका पुराना नेता यादव एमालेमा प्रवेश

MadhesKhabar

पर्सामा जय नेपाल फाउण्डेसनको कार्यसमिति विस्तार, जिल्ला संयोजकमा मनोहर साह

MadhesKhabar

मधेसीको समस्या बुझ्न रास्वपाले मधेसमा केन्द्रीय समिति र संसदीय दलको बैठक गर्ने

MadhesKhabar

Leave a Comment