Madhes Khabar
अर्थतन्‍त्र

सुनकाे मूल्यमा नयाँ कीर्तिमान,ताेलाकाे १ लाख ५९ हजार २००

काठमाडौं,७असाेज:नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनकाे मूल्य थप बढेर ताेलाकाे १ लाख ५९ हजार २०० रुपैयाँ हुँदै नयाँ कीर्तिमान कायम भएको हो ।

हिजाे आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यसैबिच आज सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।हिजाे तोलामा १ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related posts

वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव आशीष लाठले दिए राजिनामा

MadhesKhabar

बन्द सरकारी उद्योगहरु चलाउन सरकार लागेकाे छ : उद्योगमन्त्री रिजाल

MadhesKhabar

फेरि बढ्याे सुनकाे मुल्य, ताेलाकाे १ लाख २० हजार ५ सय

MadhesKhabar

Leave a Comment