Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव आशीष लाठले दिए राजिनामा

वीरगन्ज,२८चैत:वीरगन्ज उद्योग वाणिज्य महासंघका महासचिव आशीष लाठले पदबाट राजीनामा दिएका छन्।संघका अध्यक्ष अनिल अग्रवालकाे कार्यशैली प्रति आपत्ति जनाउँदै लाठले महासचिव पदबाट राजिनामा दिएका हुन् ।

बुधबार संघकाे कार्यालयमा राजिनामा पत्र बुझाउँदै लाठले आजका मितिदेखि आँफु महासचिव पदमा नरहेकाे स्पष्ट पारेका छन्।लाठले महासचिवकाे हैसियतले लेखा सम्बन्धि विवरण माग्दा संघका सचिवालयका कर्मचारीले अध्यक्षकाे अनुमति लिनु पर्ने जवाफ फर्काएपछि यसबारेमा बुझ्दा अध्यक्ष अग्रवालले नै आफ्नाे अनुमति बेगर लेखा सम्बन्धि विवरण कसैलाईपनि नदिन कर्मचारीलाई निर्देशन दिएकाे पाइएकाे बताएका छन्।

अध्यक्षले महासचिव जस्ताे पदाधिकारीमाथि नै शंका र अविश्वास गरेको महसुस भएकाे भन्दै लाठले याे घटनाले आँफुले अध्यक्षसंग समन्वय गर्न नसकेको र संघकाे हितमा काम गर्न नसकेको भन्ने सन्देश प्रवाह भएकाे लाठकाे राजिनामा पत्रमा उल्लेख छ।

अध्यक्षकाे अनपेक्षित र अप्रत्याशित आराेपबाट आँफुले लज्जित महसुस गरेकाे भन्दै लाठले महासचिवकाे विधानसम्मत प्रशासनिक कार्यमा अध्यक्षबाट अनाहकमा शंका र ठाडाे हस्तक्षेप भइरहेकाे अवस्थामा महासचिवको हैसियतले काम गर्न नसक्ने भएकाले राजिनामा दिएको बताएका छन् ।

Related posts

एकैदिन तोलामा १६ सय रूपैयाँले घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

MadhesKhabar

घट्यो अन्डाको मूल्य

MadhesKhabar

एक लाख १३ हजार पुग्यो सुनको मूल्य

MadhesKhabar

Leave a Comment