Madhes Khabar
अर्थतन्‍त्र

फेरि घट्याे पेट्रोल र डिजेलको मूल्य

काठमाडौं,१८जेष्ठ:नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।शुक्रबार राति १२ बजेदेखि लागु हुनगेरी आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट शुक्रबार पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएको छ ।

तर, नेपाल सरकारले बजेटमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर एक रुपैयाँका दरले ‘हरित कर’ लागु गरेकाले त्यसैअनुसार मूल्य समायोजन गरिएको आयल निगमले जनाएको छ ।

Related posts

वीरगन्जका दुवै भन्सार कार्यालय असफल

MadhesKhabar

वीरगन्ज नाकाबाट दुई महिनामा २६ अर्ब ३३ करोडको पेट्रोलियम पदार्थ आयात

MadhesKhabar

सानो पाइलाका सञ्चालक जीबी राईलाई पक्राउ गर्न माग गर्दै वीरगन्जमा प्रदर्शन

MadhesKhabar

Leave a Comment