काठमाडौं,१०पुष: आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।आज मंगलबार छापावाल सुन प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि हिजाे सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँ थियो ।आज मंगलबार तेजावी सुनको मूल्य पनि बढेको छ । तेजावी सुनको मूल्य तोलामा ५ सय ५० रुपैयाँले बढेको हो । सोमबार प्रतितोला १ लाख १९ हजार ३५० मा कारोबार हुँदा आज मंगलबार तेजावी सुन प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँ पुगेको हो ।
आज मंगलबार चाँदीको मूल्यपनि प्रतितोला १० रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ७५ थियो ।

