Madhes Khabar
अर्थतन्‍त्र

डिजल र मट्टीतेलकाे मुल्य ४ रुपैयाँले घट्याे

काठमाडौं,१४कार्तिक:नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको आयल निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु उनले बताए ।

आयल निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको छ,’ ठाकुरले भने, ‘अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।’

आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको आयल निगमले जनाएको छ ।

Related posts

मधेस सरकारले ल्यायाे ४४ अर्बको बजेट

MadhesKhabar

दशैंमा वीरगन्जको व्यपार सुनसान , रक्सौलको बजार गुल्जार

MadhesKhabar

ताेलामा ३ सयले बढ्याे सुनकाे मुल्य

MadhesKhabar

Leave a Comment