जनकपुर,३असोजःमुलुक संघीय संरचनामा गएको ७ वर्षपछि मधेस सरकारले पहिलो पटक संविधान दिवस मनाएको छ । मधेस प्रदेशको गृह,सञ्चार तथा काननून मन्त्रालयको आयोजनामा बिहीबार जनकपुरमा पहिलो पटक औपचारिक रुपमा संविधान दिवस मनाइएको हो ।
साढे ६ वर्षसम्म जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकार रहँदा नमनाइएको संविधान दिवस जसपा नेपाल सरकारबाट बाहिरिएपछि मधेस सरकारलले पहिलो पटक मनाएको हो ।
संविधान दिवसमा बिहीबार बिहान जनकपुरमा मुख्यमन्त्री सतिशकुमार सिंहसहितको सहभागीतामा प्रभातफेरी र कोणसभा आयोजना गरियो ।रामानन्द चोकबाट सुरु भई नगर परिक्रमा गरेको प्रभातफेरिमा मुख्यमन्त्री सिंहसंगै प्रदेश सरकार मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, सुरक्षा निकायका प्रमुखहरुको सहभागीता थियो ।प्रभातफेरि नगर परिक्रमापछि जनकपुरको महेन्द्रनारायण निधि मिथिला संकृति भवनको सभाहलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधानमा रहेको त्रुटिलाई संशोधनमार्फत सच्याउनुपर्ने आवश्यकता रहेको बताए । मुख्यमन्त्री सिंहले संविधान अपरिवर्तनिय दस्तावेज नरहेकाले संशोधनमार्फत त्रुटिहरू सच्याउन सकिने बताए ।
अहिले प्रदेश सरकारलाई मजबुत बनाउन आवश्यक रहेको भन्दै उनले संविधानको विरोधभन्दा पनि संविधानबाट प्राप्त उपलब्धिको रक्षा तथा संस्थागत गर्नतर्फ केन्द्रित हुनु हरेक नेपालीको कर्तव्य रहेको बताए ।वर्तमान संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप सुधारको आवश्यकता रहेको बताए ।
संविधानले संघीयता, लोकतन्त्र र गणतन्त्रलाई ठूला उपलब्धिको रूपमा स्थापित गरेको उनको भनाइ छ ।संघीयता आइसकेपछि गाउँगाउँमा विकासका कामहरू अघि बढेको उनले तर्क गरे । संघीयताले देशको आर्थिकभार बढाएको हल्लामा कुनै सत्यता नभएको भन्दै मुख्यमन्त्री सिंहले अहिले पालिकाको संख्यामा पहिलोको भन्दा कमी आएको र प्रदेश तथा स्थानीय तहलाई दिने बजेट ३० प्रतिशतमात्र हुँदापनि ै विकासको कामहरू धेरै भएको जिकिर गरे ।

