Madhes Khabar
शिक्षा

मधेसका सरकारी विद्यालयमा शिक्षकको दरबन्दी थप्न माग गर्दै वीरगन्जमा प्रदर्शन

वीरगन्ज,०२असोजःमधेसका सरकारी विद्यालयमा विद्यार्थीको अनुपाता शिक्षकको दबरन्दी कायम गर्न माग गर्दै प्रभु साह नेतृत्वको आज जनता पार्टी (आजपा) को भातृत संगठन आम विद्यार्थी मोर्चाले वीरगन्जमा प्रदर्शन गरेको छ ।

पहाडका जिल्लाका विद्यालयमा १८ विद्यार्थी बराबर १ शिक्षक तर मधेसका विद्यालयमा १०० विद्यार्थी बराबर १ शिक्षकको दरबन्दी कायम गरेर सरकारले मधेस विभेद गरेको भन्दै आम विद्यार्थी मोर्चाले त्यसका विरुद्ध बुधबार आन्दोलन थालेको हो ।

आन्दोलनको पहिलो दिन बुधबार आम विद्यार्थी मोर्चाले सामुदायिक विद्यालयका विद्यार्थी र तीनका अभिभावकहरुसहित वीरगन्जमा प्रदर्शन गरेको हो । घण्टाघर चोकबाट सुरु भएको विरोध रुयाली नगरको परिक्रममा गर्दै पुन घण्टाघर चोकमै पुगेर विरोधसभामा परिणत भएको थियो ।

सभामा बोल्दै आम विद्यार्थी मोर्चाका इन्चार्ज तथा आजपाका मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले मधेसका विद्यालयमा सरकारले गरिरहेको विभेद बारे पटक पटक सरकारको ध्यानाकर्षण गराउँदापनि कुनै चासो नलिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।

एकल जातीय नश्लीय चिन्तनबाट ग्रस्त सरकार मधेसको शिक्षालाई तहशनहश पार्न योजनाबद्ध रुपमा लागेको आरोपपनि उनले लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री विद्या भट्टराई मधेस विरोधी रहेको टिप्पणी गरे । मधेसका विद्यालयमा शिक्षकको संख्या निक्कै अपुग रहेको भन्दै उनले विद्यार्थी संख्या अनुपातमा शिक्षकको दरबन्दी कायम नगरिएसम्म आँफुहरुको आन्दोलन जारी रहने बताए ।

उनले असोज ३ गते संविधान दिवसका दिन बिहीबार संविधानको अन्त्येष्टि यात्रा निकाल्ने जानकारी दिदै मोर्चाको मागमा समर्थन जनाएर आजपाले आगामी कार्तिक ५ गतेदेखि मधेसमा आम शैक्षिक हडताल गर्ने घोषणा गरिसकेको बताए ।

Related posts

वीरगन्जमा खुलेकाे ‘सफल लोकसेवा तयारी केन्द्र’ को मन्त्री यादवले गरे उद्घाटन

MadhesKhabar

पटेर्वा सुगौलीका विद्यालयहरुमा सरस्वती पूजाको खर्चका लागि बन्द गरियो दिवा खाजा कार्यक्रम

MadhesKhabar

ठाकुरराम क्याम्पसको आगजनी प्रकरण : पक्राउ परेका विधार्थी नेताहरु रिहा

MadhesKhabar

Leave a Comment