काठमाडौं,२०भदौं : चालु आर्थिक वर्षको पहिलो साउन महिनामा मात्रै ३९ करोड ६२ लाख ७४ हजार रुपैयाँ बराबरको सारी विदेशबाट आयात भएको छ ।गत साउन महिनामा मात्रै ९ लाख २४ हजार ९५४ थान सारी, लुंगी र धोती आयात गरिएको भन्सार विभागको तथ्यांक छ ।
सबैभन्दा बढी सारी भारतबाट बाट आयात भएको भन्सार विभागले जनाएको छ । भारतबाट ३९ करोड १६ लाख २४ हजार रुपैयाँ बराबरको ९ लाख १५ हजार १४५ थान सारी, लुंगी र धोती आयात भएको विभागको तथ्यांक छ । चीनबाट ४१ लाख ११ हजार रुपैयाँको सारी लुंगी र धोती आयात भएको तथ्यांक छ । इन्डोनेसिया, बेलायत र अमेरिकाबाट पनि सारी, लुंगी र धोती आयात भएको छ ।
विभागका अनुसार सुती र मानवनिर्मित रेसाबाट बनेका सारी, लुंगी र धोती आयात भएको छ । गत आर्थिक वर्ष २०८०÷०८ मा भने १३ अर्ब ५१ करोड १७ लाख रुपैयाँ बराबरको सारी, लुंगी र धोती आयात भएको थियो । गत वर्ष भारत, चीन, इन्डोनेसिया, अमेरिका, बेलायतलगायत विभिन्न मुलुकबाट सारी आयत भएको थियो ।
भारतबाट मात्रै ३ अर्ब ४४ करोड ४२ लाख रुपैयाँ बराबरको ७८ लाख ६३ हजार ७९ थान सारी आयात भएको थियो । चीनबाट ३ करोड ८१ लाख ९२ हजार रुपैयाँ बराबरको सारी आयात भएको थियो ।साभार ः ईकान्तिपुरबाट

