Madhes Khabar
खेलकुद

सिमरामा १ लाख राशि पुरस्कारको भेट्रान कप फुटबल प्रतियोगिता हुने

बारा,१२भदौ : बाराको सिमरामा कार्तिक पहिलो सातादेखि प्रथम क्रियटिभ जीतपुरसिमरा भेट्रान कप फूटबल प्रतियोगिता हुने भएको छ। नव जनजागृति भेट्रान क्लबले कात्तिक ६ गतेदेखि प्रतियोगिता आयोजना गर्न लागेको हो।

४० वर्ष उमेर पुगेका खेलाडीले मात्रै सहभागिता जनाउन मिल्ने उक्त प्रतियोगितामा नेपाल र भारतका २० टिमले सहभागिता जनाउनेछन्। कात्तिक १० गतेसम्म हुने उक्त प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन्।

प्रतियोगितामा विभागिय टिमसहित काठमाडौं, पोखरा, धरान, चितवन, हेटौंडा, झापा, सर्लाही, नवलपरासी, कटारी, वीरगन्ज, कलैया, पथलैया, डुमरवाना, खैर्वा, निजगढ, बगही र आयोजकका दुई टिमले सहभागिता जनाउने संयोजक एवम् क्लबका सचिव राम पाठकले जानकारी दिए। त्यसैगरी भारतको पटनास्थित भेट्रान टिमले सहभागिता जनाउन इच्छुक देखाएको हुँदा समन्वय भइरहेको पाठकले बताए।

Related posts

एसिया कपकाे सुपर फाेरमा आज भारत र पाकिस्तान फेरि भिड्दै

MadhesKhabar

मधेस प्रदेश क्रिकेट संघकाे छनाैट समितिकाे संयाेजकमा वीरगन्जका हवारी चयन

MadhesKhabar

पाँच पटकको च्याम्पियन मुम्बई आईपीएलको उपाधि दौडबाट बाहिरियो

MadhesKhabar

Leave a Comment